२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

रोजगारी खोजिदिन मेला आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं, ८ जेठ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेला  गर्ने भएको छ ।

श्रममन्त्री डीपी अर्यालले मंगलबार पत्रकार सम्मेलनको गर्दै रोजगारदाता र रोजगारीको खोजी रहेका नेपाली नागरिकबीच पुलको काम गर्नका लागि यही जेठ १७ देखि ३० गतेसम्म ‘श्रमाधान’ रोजगार मेला हुने जानकारी दिएका हुन् ।

‘नेपालको परिप्रेक्षमा परिवारको एक जनाले रोजगारी गरेर सिंगो परिवार पाल्नुपर्ने अवस्था छ,’उनले भने, ‘एक जना मान्छेले काम गरेर चार जना पालिनुपर्ने अवस्थामा श्रमको क्षेत्रमा उनीहरुलाई जोड्नका लागि कसरी बुझाउन सकिन्छ भनेर मेलाको सुरुआत गरिरहेका छौं ।’

१३ दिनसम्म चल्ने श्रमधान रोजगार मेला सातै प्रदेशमा दुई–दुई दिन चल्ने मन्त्री अर्यालले बताए ।

मेलाले रोजगारदाताले कस्ता कामदार खोजिरहेका छन् र श्रमिकले कस्तो रोजगारी खोजिरहेको छ भन्ने विषयमा स्पष्ट हुने उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा कस्ता कस्ता रोजगारदाताहरु रहेछन् त्यसको जानकारी पाउने, विदेश जाँदा कस्तो तयारी गरी जानुपर्दो रहेछ, स्वदेशमा कस्ता कस्ता रोजगारीका सम्भावनाहरु रहेछन्, कस्तो सीप भयो भने तुरुन्त रोजगारी पाइने रहेछ भन्ने बृहत् सूचना यो मेलाबाट लिइने ।’

यसलाई नीति तथा कार्यक्रममा समेत लैजाने गरी तयारी गरिरहेको उनले बताए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको