२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

मुगु जोडियो विश्व समुदायसँग     

७ जेठ , मुगु । भौगोलिक रुपले विकट मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्व समुदायसँग जोडिएको हो ।

सो सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भर्चुअल माध्यमबाट उद्घाटन गरिन् । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच यसअघि ७५ जिल्लामा पुगेको थियो ।

आइतबार सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ औँ जिल्लाका रुपमा मुगुमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पु¥याउन टेलिकम सफल भएको हो ।

मन्त्री र्शमाले मुगुको सदरमुकाम गमगढीमा विस्तार हुन लागेको फाइबर इन्टरनेट सेवासँगै जिल्लामा ४ स्थानिय तह सम्म सेवा विस्तार गर्न सकिने समेत बताएकी छन ।

यस्तै, दैलेख जिल्लाको दुल्लु, कालिकोट र जुम्ला हुँदै मुगुको गमगढी सम्म अप्टिकल फाईबर ट्रान्समिसन लिंकको विस्तार कार्य अघि बढाइएकाले आगामी बर्षभित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंकको सेवा समेत विस्तार हुनेछ ।

नेपाल टेलिकमले पुरानो प्रविधिको नेटवर्कलाई एफटिटिएचमा परिवर्तन गरी हाल उपलब्ध माइक्रो वेभ रेडियो लिंकको क्षमता बढाएर टेलिफोन र इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताएका छन् ।

यो सँगै मुगुका बासिन्दाले बार्षिक ७ हजार ९९९ रुपैयाँमा शुल्क तिरेर उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । जिल्लामा इनटरनेट सेवा पुगेपछि स्थानीय हर्षित भएका छन् ।

मुगुमा इन्टरनेट पुगेसँगै देशभर ७६ जिल्ला सूचना प्रविधिसँग विश्वभर जोडिएको छ । अब  इन्टरनेटको पहुँच बाहिर रहेको एकमात्र जिल्ला हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१÷८२ मा एफटिटिएच सेवा पु¥याउने सरकारको योजना छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि