२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

आँखा झिम्क्याएको आरोपमा प्रहरीको हत्या, सात जना पक्राउ

६ वैशाख : काठमाडौँ,ट्राफिक प्रहरी प्रभाग, दर बारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलनमार्फत प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित सात जनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ घर भई हाल मनमैजु बालाजु, जरंखुलगायत स्थानहरूका सडकपेटीमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया विपना, वसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको तानी गाउँपालिका–४ ओखरेकी २१ वर्षीया बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

उनका अनुसार अभियुक्तहरु अष्ट नारायण हलपछाडि, २२ धारा जङगलबाट भाग्न लागेको अवस्थामा प्रहरीले एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको हो ।

खोटाङको मजुवागढी गाउँपालिका–१ घर भई हाल ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत मृतक प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा फेला परेको थियो । घिमिरेले १८ वर्षीया अञ्जली श्रेष्ठलाइ आँखा झिम्क्याएको आरोपमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुई तलामा म्याटले छोपेको अवस्थामा शव फेला थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि