२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार

मिडियासम्बन्धी विधेयकमा जर्जियाकी राष्ट्रपतिद्वारा भिटो प्रयोग

६ जेठ , काठमाडौं । जर्जियाकी राष्ट्रपति सलोमे जोराबिचभिलीले विवादास्पद मिडिया विधेयकमा भिटो प्रयोग गरेकी छन् । उक्त विधेययको विरोधमा लगातार विरोध प्रदर्शन भइरहेका बेला राष्ट्रपतिले भिटो प्रयोग गरेकी हुन् ।

सरकारले पेश गरेको उक्त विधेययकमा जर्जियामा अब सञ्चारमाध्यम तथा गैरसरकारी संस्था (एनजीओ)ले २० प्रतिशतभन्दा बढी रकम विदेशबाट प्राप्त गरेमा विदेशी सहयोग लिन अनिवार्य दर्ता गर्नुपर्नेछ ।

राष्ट्रपति जोराबिचभिलीले विवादास्पद ‘विदेशी एजेन्ट बिल’ बाट उत्पन्न तनाव कम गर्ने प्रयासमा भिटो प्रयोग गरेको अल जजीराले जनाएको छ ।

यद्यपि, राष्ट्रपतिले प्रयोग गरेको भिटोले यो प्रस्तावित कानूनलाई कार्यान्वयनमा ल्याउन ढिलाइ मात्र गर्न सक्छ ।

संसदले अतिरिक्त मतदान गरेर राष्ट्रपतिको भिटोलाई निस्तेज गरिदिने पक्का छ । सत्तारुढ जर्जियन ड्रीम पार्टी द्वारा प्रस्तावित कानूनले एनजीओ र मिडिया आउटलेटहरूले दर्ता गर्न विदेशबाट २० प्रतिशत भन्दा बढी रकम प्राप्त गर्नुपर्नेछ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको