२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

६ जेठ , काठमाडौं । आज पनि देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । जसकारण अहिले बिहान कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेशको केही  स्थानहरु र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ ।

आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि