३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार

डिस्लेक्सिया रोग होइन, अवस्था हो’

४ जेठ, काठमाडौ । काठमाडौँ विश्वविद्यालयका प्रा डा लक्ष्मण ज्ञवालीले बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया’रोग नभइ एक अवस्था रहेको बताएका छन् ।

हात्तिवनस्थित काठमाडौँ विश्वविद्यालयमा आज भएको एक अन्तरक्रियामा उनले ‘डिस्लेक्सिया’को अवस्थाबारे अध्ययन पत्र प्रस्तुत गर्दै बालबालिकाले अक्षर ठम्याउन नसक्ने, बुझाइमा समस्या आउने, अक्षर उल्टो लेख्ने, कम बोल्ने, लजाउनेजस्ता लक्षण देखिने क्रियाकलापबाट अभिभावक एवं शिक्षक पीडित भएको बताए ।

यद्यपि यी लक्षण देखिनुका कारण पत्ता लगाएर शिक्षक र अभिभावकले परामर्शमार्फत उपचार गर्न सकिने उनको भनाइ थियो । उनले आफ्नो अध्ययनमा नेपालमा १० प्रतिशत विद्यार्थी डिस्लेक्सियाबाट पीडित भएको पाइएको बताए ।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा), भारतीय अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(एल्टाइ) र नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा) ले गरेको दुईदिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपाल, भारत, सिङ्गापुर, ताइवानलगायत देशका विज्ञको सहभागिता थियो ।

प्राध्यापक मोतिकला सुब्बा देवान, लोयाल कलेज चेन्नाई भारतका डा के एस अन्टोन्सीयाम, काठमाडौँ विश्वविद्यालयका अङ्ग्रेजी भाषा विभाग प्रमुख डा टीकाराम पौडेल, सिचुआन विश्वविद्यालय चीनका विद्यावारिधी तहका विद्यार्थी प्रशान्तकुमार विकलगायत ४० भन्दाबढी विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेल्टाका राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमालले नेपालमा बुहस्तरीय विज्ञहरुको विचार विमर्श गरी बुझ्ने र बुझाउने सम्मेलनको उद्देश्य रहेको बताए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको