६ पुष २०८२, आईतवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार

भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

४ जेठ , जनकपुर । भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन् ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदै छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिन लागिएको झाले बताए ।

‘यही जेठ ०५ गते शनिवार देखि ०७ गते सोमबार सम्म ३ (तीन) दिनको लागि भंगहा – जनकपुर – जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ । ०८ गते मंगलबार देखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रुपमा रेल सेवा सञ्चालनमा आउने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’

 

 

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’