१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालले अमेरिका र क्यानडासँग विश्वकप वार्मअप खेल खेल्ने

४ जेठ, काठमाडौं । नेपालले आईसीसी टी२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected