२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत

३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे खोजमूलक समाचार लेखेका पत्रकारद्वय देवेन्द्र भट्टराई र मातृका दाहालले १६ लाख रुपैयाँको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार २०२४’ प्राप्त गरेका छन् । बारबरा फाउन्डेसनले खोजमूलक समाचार लेखेवापत पत्रकारद्वयलाई पुरस्कृत गरेको हो ।

त्यस्तै, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणबारे समाचार लेख्ने पत्रकार दीपा दाहाल र धितोपत्र बजार तथा वित्तीय क्षेत्रका भएका अनियमिताबारे लेखेका रमेश कुमार पनि पुरस्कृत भएका छन् । उनीहरुले क्रमशः ६ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।

पुरस्कारले आफूहरुलाई कर्मक्षेत्रमा थप गतिशील भएर अघि बढ्न प्रेरणा मिलेको पुरस्कृत पत्रकारहरुले बताएका छन् । खोजमूलक पत्रकारितालाई अघि बढाउन यसपालिदेखि पुरस्कारको राशि बढाएको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले बताए ।

फाउन्डेसनका कार्यकारी सदस्य अखिलेश उपाध्यायले ‘बारबरा फाउन्डेसन खोज–पत्रकारिता पुरस्कार’ का लागि यस वर्ष ८३ वटा आवेदन परेका थिए । निर्णायक समितिले आवेदनका साथ परेका समाचारहरुको अध्ययन र थप अनुसन्धान गरी शृंखलाबद्ध छलफलबाट प्रथम, द्वितीय र तृतीय पुरस्कारका लागि विजेताहरुको छनोट गरेको थियो ।

फाउन्डेसनकी सदस्यसचिव मोहना अन्सारीले पुरस्कृत पत्रकारहरुलाई कलमलाई थप तिखार्न सिंगो पत्रकारिता जगतलाई आग्रह गरिन् । यसअघि यो पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल, दिलीप पौडेल, रुद्र खड्का र अर्जुन ओली (संयुक्त) र मकर श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि