१८ कार्तिक २०८२, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बैतडीमा हुरीबतासले विद्यालयको छाना उडायो

३ जेठ, बैतडी । हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभूत विद्यालयको भवनको छानो उडाएको हो ।

विद्यालयको पाँचकोठे भवनमध्ये दुई कोठाको छानो हुरीबतासले उडाउँदा पूर्ण रूपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दले बताए । उनका अनुसार बाँकी तीन कोठाको छानो पनि आंशिक रूपमा क्षति भएको छ ।

हुरीबतासले विद्यालय भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा दुईकोठे कार्यालय भवन र पाँचकोठे भवनमात्रै रहेको प्रअ चन्दले जानकारी दिए । उनका अनुसार कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ५२ विद्यार्थी अध्ययनरत छन् । छानो मर्मत नहुँदासम्म पठनपाठनमा समस्या हुने उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि