२ माघ २०८२, शुक्रबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरका सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी

३ जेठ, कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित ग्वालावारी सामुदायिक वनमा अवैधरुपले सालका रुख कटानी गरेको पाइएको छ । सालको सुकेको खडा एक र ढलापडा एक गरी दुई रुख बुधबार कटान गरी गोलिया बनाइ तस्करी गर्नका लागि ठिक्क पारिएको अवस्थामा बरामद भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।

खडा रुखबाट ११ र ढलापडा रुखबाट पाँच गरी १६ गोलिया आराको प्रयोग गरी काटेर राखिएको अवस्थामा फेला पारिएको उनले बताए । बरामद काठ तीन सय १५ दशमलव ५० क्युविक फिट रहेको छ । बरामद काठ बाणी सव डिभिजन वन कार्यालयमा राखिएको छ ।

सव डिभिजन वन कार्यालयले अवैधरुपमा काठ तस्करी गर्नका लागि रुख कटानी गर्नेहरुको पहिचान गर्न अनुसन्धानको कार्य अगाडि बढाएको जनाएको छ । सव डिभिजन वन कार्यालयले अनुसन्धान गरी तयार गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी अवस्थीको भनाइ छ ।

“काठ अवैधरुपमा कसले काटेको भन्नेबारे अनुसन्धान भइरहेको छ”,उनले भने, “चाँडै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउछौँ ।”यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैधरुपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि