२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते

२ जेठ, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बुधबार दिउँसो नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो ।

निस्दीको मतियार डाँडामा भएको दुर्घटनामा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

उनका अनुसार घाइते सबैको उद्दार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको छ ।

दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि