२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार साहित्य/ समाचार

मिथिला संस्कृति समाजद्वारा विभिन्न व्यक्ति सम्मानित

२ जेठ, काठमाडौ । मिथिला संस्कृति समाजले मिथिला र जनकपुरको सांस्कृतिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा समाजद्वारा आयोजित “सीता प्राकट्य दिवस समारोह” मा आज ति व्यक्तिलाई सम्मान गरिएको हो ।

त्यसअवसरमा जसमाडा रोणा झा, मिथिला नाट्यकला परिषद्की रिना रिमाल, पत्रकार अर्चना झा, कलाकार महेश कुमार, कृष्णकुमारी साहलगायतलाई सम्मान गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हा, मधेशी आयोगकी सदस्य रेणुदेवी साह र मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा मिथिला क्षेत्र र जनकपुरको सांस्कृतिक पक्षबारे चर्चा गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि