२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह

२ जेठ , काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमतिको प्रयाश थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालवीच प्रमखु प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बिषमयमा छलफल भएको थियो । त्यसक्रममा सभामुखले प्रतिपक्षसँग तत्काल सम्वाद थालेर अवरोध हटाउने प्रयाश गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएका हुन् ।

प्रतिपक्षको निरन्तरको अवरोधले संसदबाट विधेयकहरु पारित गर्न नसकिएको, नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न असम्भव देखिएको जस्ता बिषयमा प्रधानमन्त्रीसँग चर्चा गरेका थिए ।

मंगलबार राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गराउँदै सभामुखले भोलि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

मंगलबारको संसद बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा सहकारी प्रकणमा संसदीय समिति गठनको अडान कायम राख्दै अवरोध गरेको थियो ।

छलफलमा प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरुसँग बैठक बस्ने तयारी गरेको जानकारी दिँदै भोलि (३) गते बस्ने संसद बैठक खुलाउने गरी प्रयाश गर्ने सभामुखलाई आश्वासन दिएका थिए ।

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि