२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा

१ जेठ, काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् ।

महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ ।

कार्यक्रम वाचन गर्दा संसद्‌मा हाँसोको फोहोरा छुटेको थियो ।

सरकारले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति, अपराध र शोषण अन्त्य गरिने घोषणा पनि गरेको छ ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गर्नेसमेत सरकारले घोषणा गरेको छ ।प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा गरेकाे हाे ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि