३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार

क्रिकेट रंगशाला सरकारको उच्च प्राथमिकतामा

१ जेठ , काठमाडौं । सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीनै तहको सरकारको साझेदारीमा निर्माण गर्ने जनाएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत खेल क्षेत्र विकासको लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिने बताए ।

क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्ने समेत उनले उल्लेख गरे । उनले भने, ‘काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माण कार्यलाई तिव्रता दिइने छ ।’

‘चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने छ । कीर्तिपुर क्रिकेट मैदानको थप स्तरोन्नतिको कार्य प्राथमिकता साथ अगाडि बढाइने छ,’ पौडेलले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि