२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

जापानको सहयोगमा ‘भट्टेडाँडा सडकमा हरियाली अभियान’

१ जेठ, धुलिखेल। काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नं ८ स्थित भट्टेडाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’अनुरुप बिरुवा रोप्न थालिएको छ ।

धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गम र नेपाल भ्रमणमा रहेका सरोमा सिटीका प्रमुख हारु टोमोले सोमबार संयुक्त रूपमा साकुरा र असारे फूलको बिरुवा रोपेर अभियानको थालनी गरेका हुन्।

भट्टेडाँडा सडकखण्ड क्षेत्रका बासिन्दाको आर्थिक स्रोतका रूपमा पर्यटन व्यवसाय रहेको र सो क्षेत्रलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न बिरुवा रोपिएको वडाध्यक्ष विनोद गौतमले बताए । “पर्यटकको प्रमुख गन्तव्य धुलिखेल नगरपालिकाको वडा नं ८ पिपलबोट चोकबाट भट्टेडाँडा र हिमाल देखिने देवीस्थानडाँडा क्षेत्रमा पर्ने भएकाले हामीले सडक फराकिलो बनाउनेदेखि दायाँबायाँ हरियाली बगैँचा बनाउने उद्देश्यका साथ अभियान थालेका हौँ”, उनले भने ।

यसअघि साँघुरो सडकलाई सङ्घीय सरकार र नगरपालिकाकोरु दुई करोड ८७ लाख बजेटमा विस्तारसँगै पक्की बनाइएको थियो । अहिले सो सडकखण्डलाई थप व्यवस्थित बनाउन वडाको सक्रियतामा सो क्षेत्रका होटल पर्यटन व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा हरियाली बनाउन ‘बिरुवा रोपण’ थालिएको वडाध्यक्ष गौतमले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि