२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल : नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नगर्न आग्रह

१ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद्को बैठकमा अवरोध नपुर्या‍उन आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालसँग छलफलका लागि कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहानै बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले आफूले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्या‍इदिन आग्रह गरेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘प्रधानमन्त्रीजीले सत्ता गठबन्धनभित्र आफूले संसदीय समिति बनाउन प्रयास गरेको कुरा सुनाउनुभयो । र उहाँले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्या‍उन आग्रह गर्नुभएको छ,’ लेखकले भने, ‘यसपछि लगत्तै हामी संसदीय दलको बैठक बस्दैछौँ । त्यही बैठकबाट यसबारे निर्णयमा पुग्छौँ ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै कांग्रेसले संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै अवरोध गरेको थियो ।

प्रधानमन्त्री दाहाल भने सहकारी प्रकरणमा व्यक्तिको नाम नजोडी छानविन समिति बनाउन तयार भएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले भने सो प्रस्ताव अस्वीकार गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि