२० फाल्गुन २०८२, बुधबार
समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

३० वैशाख, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने सडक त्रियुगा नदीमा आएको बाढीले बगाएको छ ।

आइतबार  भारी वर्षाका कारण नदीमा आएको बाढीले सडक बगाएको चौदण्डी नगरपालिका- ५का  वडाध्यक्ष तुलसीराम ढकालले बताए ।

उनले भने, ‘आज उदयपुरमा भारी वर्षा भयो। यही वर्षाले त्रियुगा नदीमा आएको बाढीले नदी वारपार गर्न बनाइएको सडक बगायो । सडकमा राखिएको १५ वटा ह्‍युमपाइप पनि बगायो।’

उनका अनुसार बाढीले सडक बगाएपछि सिवाई,सुन्दरपुर र बेल्हाका स्थानीयहरू वारपार गर्न थप समस्यामा परेका छन् । स्थानीयहरू दैनिक जाने बेल्टार बजार आउजाउ गर्न थप कठिनाइ हुने उनको भनाइ छ । स्थानीयहरू ज्यान जोखिममा राखेर वारपार गरिरहेको उनले बताए ।

२ वर्षअघि यही ठाउँमा निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगाएको थियो । उक्त बगाएको पुल बनाउन उदयपुरका जनप्रतिनिधिसहितको टोलीले सिंहदरवार आएर पटक-पटक माग गरेपनि अहिलेसम्‍म कुनै सुनुवाइ भएको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि