११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम सम्भव : राष्ट्रपति बाइडेन

३० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन् ।

सियाटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले हमासले बन्धकहरु रिहा गर्ने र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए ।

अमेरिका पनि युद्धविरामको पक्षमा रहेको उल्लेख गर्दै रफाहमा इजरायलको गरको आक्रमणको विरोध बाइडेनले गरे । बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै सरकारले तोपखाना र अन्य हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए ।

हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन् । हमासका आतंककारीहरूले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाई हमला गरेका थिए । यस हमलामा ११७० भन्दा बढी मानिस मारिएका थिए । त्यतिबेला २५० जनालाई अपहरण गरी गाजा पट्टी लगिएको थियो ।

त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन् । उक्त नियन्त्रणमा नेपालका विपीन जोशी पनि रहेको र उनको पनि अहिलेसम्म कुनै सूचना बाहिर आएको छैन । इजरायलको जवाफी हमलामा गाजामा ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

 

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण