७ जेष्ठ २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

हमासको हवाइ आक्रमणको कमाण्डर मारिएको इजरायलको दाबी

११ कात्तिक, काठमाडौं । इजरायली सेना (आईडीएफ) ले हमासको हवाइ आक्रमणको कमाण्डर हमासका वायुसेना प्रमुख असिम अबु रुकाबा मारिएको दाबी गरेको छ ।

उनले अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएको इजरायलले दाबी गरेको छ । असिमकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल प्रवेश गरेका थिए।

मारिएका भनिएका कमाण्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको इजरायलले दाबी गरेको छ ।

‘हिजो राति लडाइको क्रममा, आईडीएफ लडाकु विमानहरूले हमासलाई हवाइ आक्रमणको निर्देशन दिने असिम अबु रकाबालाई आक्रमण गरी मारेको छ’, इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समा एक सन्देश पोस्ट गरेको छ ।

‘अबु रकाबा हमासको यूएभी, ड्रोन, प्याराग्लाइडर, एरियल डिटेक्सन र रक्षाको लागि जिम्मेवार थिए’, पोस्टमा भनिएको छ ।

इजरायल र हमासबीच जारी युद्धको आज २२ औं दिन हो । आईडीएफले गाजामा जमिनबाट गरिने आक्रमणलाई बढाएको बताएको छ ।

हवाइ हमलाका क्रममा हमासका भूमिगत अड्डाहरूलाई विशेष रूपमा निशाना बनाइएको इजरायली सेनाले जनाएको छ । शुक्रबार राति हमासका यस्ता १५० वटा निशानामा हमला भएको थियो । जसका कारण गाजा क्षेत्रमा सञ्चार अबरुद्ध हुनुका साथै इन्टरनेट पनि बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्