२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

सर्वोच्चबाट दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

२८ वैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री रविन्द केजरीवाल लोक सभाको निर्वाचनको अन्तिम चरणसम्म १ जुनसम्म अन्तरिम जमानतमा छ्ट्ने भएका छन् ।

भारतको सर्वोच्च अदालतले शुक्रबार मुख्यमन्त्री केजरीवाललाई ठूलो राहतमा १ जुनसम्म अन्तरिम जमानत छोड्न आदेश दिएको हो ।

न्यायाधीशद्धय सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले दुवै पक्षको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।
चलिरहेको लोकसभा चुनावलाई ध्यानमा राख्दै अन्तरिम जमानत दिइएकोमा प्रवर्तन निर्देशनालयले भने सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ ।

उसले चुनावको लागि प्रचार गर्न केजरिवाललाई संवैधानिक अधिकार नभएको बताएको छ ।

जुन १ सम्मको अन्तरिम जमानतको अर्थ मे २५ मा दिल्लीमा मतदान हुँदा केजरीवाल जेलबाट बाहिर हुनेछन् । जुन २ मा केजरीवालले आत्मसमर्पण गर्नुपर्नेछ । उनी मतगणना र नतिजा आएको दिन पुनः जेल जानेछन् ।

केजरीवाललाई अहिले खारेज गरिएको अन्तःशुल्क नीतिसँग जोडिएको मनी लान्ड्रिङ मुद्दामा मार्च २१ मा पक्राउ गरिएको थियो । अन्तरिम जमानतको अर्थ उनी एक महिनापछि तिहाड जेलबाट बाहिरिनेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि