७ जेष्ठ २०८१, सोमबार
कर्पोरेट समाचार समाज

नायिका एलिजा गौतम कस्मेटिक व्यवसायमा

२७ वैशाख, काठमाडौं । नायिका तथा समाजसेवी एलिजा गौतम अन्तर्राष्ट्रिय व्यवसायमा आवद्ध भएकी छिन् । नायिका गौतमले कोरियाको प्रतिष्ठिति कस्मेटिक्स कम्पनी मिसोकोससँग व्यवसायिक साझेदारी गर्ने भएकी हुन् । उनले मिसोकोसका सामान नेपाल भित्र्याउनको लागि आज (बिहीबार) सम्झौता गरेकी छिन् ।

३६ वर्ष पूरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरुलगायत विश्वका धेरै देशमा आफ्नो सामान निर्यात गरिहेको छ । उक्त कम्पनीले अब नेपालमा पनि आफ्नो उत्पादन नेपालमा प्रवेश गराएको छ । एलिजा गौतमको नेतृत्वमा रहेको व्यवसायिक फर्म एलिजाज् कस्मेटिक्समार्फत मिसोकोस नेपाल भित्रिएको हो ।

मिसोकोसका उत्पादन नेपाली माटो र हावापानी सुहाउँदो हुने कम्पनीले जनाएको छ । साथै, ती सामाग्री सस्तो र उच्च गुणस्तरीय हुने एलिजा गौतमले जानकारी गराईन् । उनले यो सम्झौतासँगै नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध अझै सुमधुर र प्रगाढ हुने विश्वस दिलाइन् ।

कम्पनीको सिईओ किमले पनि नेपालसँग यसरी व्यवसायिक साझेदारी पाएकोमा खुशी व्यक्त गरे । नेपाली महिलाहरुलाई आफ्नो कस्मेटिक्स भरपर्दो र विश्वसनीय भएको उनको भनाई छ । एकपटक प्रयोग गरेपछि बारम्बार त्यही सामान खोज्ने सम्भावना रहेकोपनि उनले विश्वास व्यक्त गरेका थिए ।

नायिका गौतमले आफूले कस्मेटिक्स व्यवसायमा हात हाल्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् । उनले कलाकारिता र समाजसेवासँगै आफ्नो पाइला अब व्यवसायतर्फ लम्किएको भन्दै कम्पनीले आफूप्रति देखाएको विश्वासप्रति आभार व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्