२८ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

लागूऔषध कारोबारीलाई समात्न बाँकेमा प्रहरीले गोली चलायो

२७ वैशाख, काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ ।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए ।

डीएसपी डाँगीका अनुसार कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको हो ।

उनले परियारको तिग्रामा गोली लागेको र उपचारको लागि भेरी अस्पतालमा पठाइएको छ ।

पक्राउ परेका उनको साथबाट ११४.२५ ग्राम खैरो हिरोइन बरामद गरेको छ । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि