२ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

‘क्या कूल हे हम’ निर्देशक संगीतको निधन

२७ वैशाख , काठमाडौं । बलिउड फिल्म ‘क्या कूल हे हम’, ‘जोर’ र ‘यमला पगला दीवाना २’ का निर्देशक संगीत सिवनको निधन भएको छ । हिन्दी फिल्मका अलावा मलयालम फिल्मका निर्देशकसमेत रहेका उनको ६१ वर्षको उमेरमा निधन भएको हो ।

 

संगीतलाई हालै मात्र मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो । उनले अस्पतालमै मे ८ मा अन्तिम श्वास फेरे । उनको निधनमा सनी देओल, रितेश देशमुख, तुषार कपुरजस्ता कलाकारले दुःख व्यक्त गरेका छन् ।

 

‘संगीत सिवन सरको निधनको खबरले निकै दुःखी र उदास छु । उहाँले मप्रति नयाँ अनुहारका रुपमा विश्वास दिलाउनुभएको थियो । मलाई अवसर दिनुभएको थियो । उहाँ निकै सरल हृदय र सानदार व्यक्तित्वका मानिस हुनुहुन्थ्यो । आज मेरो मुटु टुटेको छ । भगवान तपाईंको आत्मालाई शान्ति देओस’, रितेशले लेखेका छन् ।

 

अभिनेता तुषारले पनि संगीतलाई श्रद्धाञ्जली दिँदै सम्झिएका छन् । ‘उहाँ मेरा लागि गुरु समान हुनुहुन्थ्यो । उहाँकै कारण म ‘क्या कूल है हम’मा कमेडीका माध्यमबाट दर्शकमाझ चिनिएँ । संगीत सिवनका साथ काम गर्नु मेरा लागि सम्मानको कुरा थियो’, तुषारले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

संगीतको के कारणले निधन भएको हो भन्ने विषयमा परिवारले केही जानकारी दिएको छैन । उनले सन् २०१९ मा अन्तिम प्रोजेक्टमा काम गरेका थिए । यो प्रोजेक्ट उनको ओटिटी डेब्यू थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि