१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

सहानाप्रधान स्मृति यु–१९ भलिबलको तयारी

२७ वैशाख , काठमाडौं । नेपाल भलिबल संघको व्यवस्थापनतथा सहानाप्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहानाप्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताका लागि प्रतिष्ठान र भलिबल संघबीच बुधबार सम्झौताभएको छ । प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाक्री र भलिबल संघका अध्यक्षजितेन्द्रबहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार भलिबल संघले प्रतियोगिताको व्यवस्थापन गर्ने छ भने प्रतिष्ठानले आर्थिक पक्षमा सहयोग गर्ने छ ।

प्रतियोगितामा पुरुष – महिलामा सात प्रदेशबाट समान७–७ टिम सहभागीहुने छन् । त्यसकालागि सातै प्रदेश भलिबल संघलाई टिम निर्माण गरी सहभागी गराउन आग्रह गर्ने अध्यक्ष चन्दले बताए । पुरुष-महिला दुवैमा सहभागीलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधार खेल खेलाइने छ ।

पुरुष – महिलादुवैमा विजेताले ३ लाख, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाखनगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २५-२५ हजार नगद पुरस्कार प्रदान गरिने छ । विधागत उत्कृष्टले समान १०–१० हजार नगद पुरस्कार पाउने छन् ।

अध्यक्षचन्दले कुनैपनि खेलको विकास गर्न ग्रासरुट प्रतियोगिता महत्वपूर्ण हुने बताउदै प्रतिष्ठानको सहयोगका लागिआभार प्रकट गरे । उनले प्रतियोगितालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गर्ने बताउदै प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानकी अध्यक्षझाक्रीले उमेरसमूहको यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरेकोमा संघलाई धन्यवाददिदै नेपाली राजनीतिकीअग्रज स्व. सहानाको योगदानको सम्मान माप्रतियोगिता आयोजना गर्न लागेको बताइन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँखर्च हुने बताइएको छ । साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected