६ जेष्ठ २०८१, आईतवार
मुख्‍य समाचार समाचार

जापानको सहयोगमा गोरखामा विद्यालय भवन निर्माण

२६ वैशाख, गोरखा । सहिद लखन गाउँपालिका–८ बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिए ।

“नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको छ”, उनले भने, “विद्यालय भवनको सुरक्षाका लागि घेराबारसमेत लगाइएको छ ।”विसं २०८० असारमा शिलान्यास गरिएको भवन चैतमा नै निर्माण सम्पन्न भएको हो ।

एकीकरण नेपाल गोरखा नामक गैरसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाइ वातावरण सुधार परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो । नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । भवन निर्माणमा ‘चाइल्ड फण्ड’जापानले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्