१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

२५ वैशाख , काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सुर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउट रहे ।

सुरुमै घाइते भएका सुर्यकुमारले १२ चौका र ६ छक्का प्रहार गरे । उनलाई क्रिजमा साथ दिएका तिलक वर्माले पनि ३७ रन बनाए । तिलकले ६ वटा चौका प्रहार गरेका थिए ।
१७४ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँचौं ओभरमा पुग्दा तीन विकेटको क्षतिमा ३१ रन बनाएको थियो । इशान किसान, रोहित शर्मा र नमन धिर आट भएपछि क्रिकेटमा पुगेका सुर्यकुमार यादव र तिलक वर्माले १४३ रनको साझेदारी गरे ।

चौथो स्थानमा रहेरको हैदराबादले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । राम्रो ब्याटिङ चल्न नसकेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ रन बनाएपनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन् ।

सँगै आएका ओपनर अभिषेक शर्मा ११, मायंक अगरवाल ५, नितिस कुमार रेड्ड्ीले २०, हेनरिच क्लासेनले २, मार्को यान्सेनले १७, शहबाज अहमेदले ३ रन बनाए । अन्तिममा कप्तान प्याट कमिन्सले ३५ रन बनाएर हैदराबादलाई बलियो योगफल दिलाएका थिए ।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र पियुश चावलाले तीन तीन विकेट बाँडे । प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको मुम्बईले १२ खेलबाट आठ अंक जोडेको छ । ११ खेल खेलेको हैदराबादको १२ अंक छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected