३ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

सोमबार काठमाडौं महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

२३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि वागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट विद्यालयहरुमा बिदा नहुने भएकोले विद्यालय बिदा नगर्नु/नगराउनु मौखिक जानकारी प्राप्त भएपनि महानगरले भने बिदा  भएको व्‍यहोरा  निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ । ‘

हेर्नुहोस् शिक्षा विभागको सूचना  :

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि