१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

कीर्तिपुर बस दुर्घटनामा मृत्यु हुने त्रिविका प्राध्यापक

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटनामा मुत्यु हुने व्यक्ति त्रिभुवन विश्वद्यिालय (त्रिवि)का प्राध्यापक रहेको खुलेको छ ।

मृत्यु हुनेमा ठेगाना ४२ वर्षीय प्राडा गोविन्द रिजाल छन् । उनी त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपाखेरीका एसएसपी दीनेशराज मैनालीले बताए ।

त्यसैगरी घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षकै बमिला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश धमला छन् ।

पन्तको दाहिने हातमा चोट लागेको छ । श्रेष्ठको टाउको, अनुहारमा चोट लागेको छ । चालक लामाको खुट्टामा चोट लागेको छ । पन्त र श्रेष्ठको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने लामाको ट्रमा सेन्टमा उपचार भइरहेको एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्