१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार

भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द

२३ वैशाख , जनकपुरधाम। भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत विहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलवार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र तीनदिनका लागि शनिबार रातिदेख नै सिल हुँदा रेल सेवा बन्द गरिएको हो ।

 

नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रवन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् । ‘..मिति २०८१-०१-२३ गते आईतवारदेखि २०८१-०१-२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा–जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ’ सूचनामा उल्लेख छ । आगामी बुधवारदेखि साविक बमोजिम नियमित सेवा सञ्चालनमा आउने प्रबन्धक झाले बताए ।

हेर्नुहाेस रेलवे नेपाल कम्पनीले निकालेको सुचना

प्रतिक्रिया दिनुहोस्