७ पुष २०८२, सोमबार
सूचना प्रविधि

नेसनल आईसिटी अवार्ड २०२४ बाट डायनामिक टेक्नोसफ्ट सम्मानित

२२ वैशाख, काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ ।

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो ।
वीरगंजमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको हो ।

सन् २०१०मा स्थापना भएको कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि आफ्नो सेवाहरूका साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको छ । कम्पनीको मुख्य कार्यालय वीरगञ्जमा छ । काठमाडौँको बानेश्वरमा कर्पोरेट हाउस सञ्चालन छ । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा कम्पनीले शाखा विस्तार गरि सकेको छ । कम्पनीको ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ ।

डाइनामिक गु्रप अन्तर्गतका कम्पनीहरु लाई नेपाल भारतको बजारमा मात्र सिमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको कम्पनीका सञ्चालक तथा सीईओ दिपक साहले बताए । तत्काल भुटान, बङलादेश लगायतका एशियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको साहले जानकारी दिए ।

डाइनामिक टेकनोसफ्ट प्रालिमार्फत हाल चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा उपलब्ध छन् । कम्पनीले स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायीक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक