१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार

प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुव्र्यवहार, चौतर्फी विरोध

२१ बैशाख ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको छ । पत्रकार सम्बद्ध संघ संस्थाले चौधरीमाथि भएको घटनाको विरोध गरेका हुन् ।

सूचना तथा सञ्चार प्रविधि दिवशको अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरेको पत्रकार चौधरीले बताएका थिए । तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुव्र्यवहार,गरेको पत्रकार चौधरीले बताए । प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका चौधरीमाथि भएको दुव्र्यवहारप्रति प्रेस युनियन केन्द्रिय समितिले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

सरकारी सञ्चार माध्यमबाहेक निजी सञ्चार संस्थाका पत्रकारलाई तस्वीर लिन अवरोध गर्ने, पत्रकारलाई दुर्व्यवहार गर्ने र थुन्ने धम्की दिने कार्य निन्दनीय भएको युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

युनियनले उक्त घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ । त्यस्तै टेक जोर्नोज फोरमले पनि घटनाको विरोध जनाएको छ ।

श्रमजीवि पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गर्दै दुव्र्यवहारको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका छन् । ‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बीर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्वीर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्