८ पुष २०८२, मंगलवार
सूचना प्रविधि

प्रमुख आईएसपीहरुको इन्टरनेट सेवामा समस्या

२० वैशाख, काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ ।

ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो।

इन्टरनेट सेवामा समस्या आएको वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले बताए ।

उनले भने, ‘इन्टरनेट सेवा एयरटेलले काटिदिएको छ। हामीले यसबारेमा थप पुष्टि गर्दैछौं ।’

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् ।

यसअघि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो।

इन्टरनेट ब्याण्डविथबापत १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न बाँकी छ ।

सरकारले अवरोध गरेका कारण नेपालभर जतिबेला पनि इन्टरनेट अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका थिए ।

‘अहिले इन्टरनेट ब्याण्डविथको १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन। उताबाट पैसा किन नपठाएको भन्‍दै पत्र आइसकेको छ’, उनले भनेका थिए, ‘तर, ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्छ।’

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक