१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद

वेस्टइन्डिज ए सँग आज चौथो खेल : विश्वकप खेल्ने नेपाली टोलीको परीक्षा

२० वैशाख, काठमाडौं । नेपालले चौथो टी-२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ :१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २-१ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो ।

नेपालले बुधबार अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ ।

यसअघि तीन खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुङ्गो लगाउन नेपालले परीक्षण मात्रै गरेको थियो । त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्न पाएको थिएन । तर आज नेपालले विश्वकप खेल्ने प्लेइङ ११ मैदान उतार्ने सम्भावना छ । विश्वकपमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको राम्रो परीक्षा हुनेछ ।

ओपनर कुशल भुर्तेल पछिल्लो समय लयमा छैनन् । नेपालले उनीमाथि भरोसा गर्दै आएको छ । अर्का ओपनर आसिफ शेख यसअघि तीन खेलमा थिएनन् । उनले आज खेल्ने छन् । ओपनरबाट नेपाल राम्रो प्रदर्शन चाहन्छ ।

मध्यक्रममा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन महत्वपूर्ण हुनेछ । कप्तान रोहितले सुरुवाती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए । आज भने रोहित खेलमा फर्किने छन् ।

वेष्टइण्डिजका ब्याटर स्पिनमा बढी संघर्ष गरेको हुँदा ललित र सागर ढकाल दुबैमा मैदान उतार्ने सम्भावना रहन्छ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहराको सम्भावना छ ।

विश्वकप टोलीमा पर्न नसकेका लोकेश बम, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी र आरिफ शेखले आजको खेलमा खेल्ने मौका नपाउने सम्भावना छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले तेस्रो खेलपछि बाँकी दुई खेलमा विश्वकप खेल्ने टोली नै मैदान उतार्ने बताएका थिए ।

उता वेष्टइन्डिजका ओपनर जोनसन चार्ल्सले तेस्रो खेलमा नेपालविरुद्ध ११९ रन बनाएका थिए । उनलाई आउट गर्न सके नेपाल खेलमा बढी हाबी हुनसक्छ । आन्द्रे फ्लेचरको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपाली ब्याटरले दुई स्पिनर गुडाकेश मोती र हेडन वाल्स जुनियरविरुद्ध भने राम्रो खेल्नुपर्ने हुन्छ ।

पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected