१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपाल वेष्टइण्डिज ए सँग फराकिलो अन्तरले पराजित

१९ वैशाख, काठमाडौं – नेपाल तेस्रो टी२० खेलमा वेष्टइण्डिज ए सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेष्टइण्डिजले २(१ को अग्रता लिएको छ ।

जोनसनको शतकमा नेपाललाई २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अल आउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए ।

विनोद भण्डारी १५ बलमा ४ चौकासहित १९, अनिल शाह १४, आरिफ शेख ३, कुशल मल्ल २०, गुलशन झा ६, विवेक यादव ३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । वेष्टइण्डिजका लेग स्पिनर हायडन वाल्सले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । ओबेद म्याककोय, म्याथ्यु फर्ड र फबिएन एलेनले १(१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । वेष्टइण्डिजका ओपनर जोनसन चाल्र्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेस्टइन्डिज ३.१ ओभरमा २७–१ को अवस्थामा थियो । त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चाल्र्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए ।

आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । फबिएन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३ रनमा नट आउट रहे ।

स्पिनर सागर ढकाल र करण केसीले १(१ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected