२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार

डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई गोदावरी नगरले ५/५ लाख दिने

१९ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । उपचारको क्रममा दुवै जनाको मृत्यु भएपछि नगरपालिकाले राहतस्वरूप जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५/५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ । नगरपालिकाका अनुसार अहिले सबै वडाहरूमा भीषण डढेलो लागेको र डढेलो नियन्त्रणका सबै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

डढेलो नियन्त्रणका लागि नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, अग्नि नियन्त्रक र ललितपुर महानगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि