२६ आश्विन २०८२, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म : प्रदेश प्रमुख भट्ट

१९ वैशाख, कास्की । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिताजगत्ले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।

उनले भने, “नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ, सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसात् गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी हो ।”

विश्वव्यापी आर्थिक सङ्कटको संवेदनशील घडीमा सञ्चारजगत् र पत्रकारिता पेसालाई पारेको असरबारे आफू जानकार रहेको प्रदेश प्रमुख भट्टले बताए । उनले आर्थिक सङ्कटले सञ्चार संस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखा परिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको उल्लेख गरे ।

नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण आवश्यक रहेको उनले बताए । प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिता क्षेत्रको विकास र सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि महानगर प्रतिबद्ध रहेको बताए । सञ्चार क्षेत्रले आफूलाई एकताबद्ध बनाउँदै नागरिक अधिकार स्थापित गर्नका लागि काम गर्नुपर्नेमा उनले जोड दिए।

प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्नका लागि सरकारले अग्रसरता लिनुपर्ने बताए । साधारणसभाको उद्घाटन सत्रमा महासङ्का केन्द्रीय सदस्यहरु सरिता तिमिल्सिना पँगेनी, छविलाल तिवारी, प्रदीप काफ्ले, महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष दीपक भटट्टराई महासचिव गोविन्द सुवेदी, पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस सेन्टरका अध्यक्ष अर्जुन काफ्ले समाजवादी प्रेस सङ्गठनका अध्यक्ष गणेश पौडेललगायतले स्वतन्त्र पत्रकारिता र पत्रकारको हकहित तथा अधिकारका बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलका धर्मपत्नी प्रतिभा अधिकारी र पत्रकार महासङ्घ म्याग्दी शाखालाई उत्कृष्ट शाखाबाट सम्मान गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि