२१ माघ २०८२, बुधबार
खेलकुद

नेपालले तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दै

१९ वैशाख, काठमाडौं । घरेलु टोली नेपालले पाँच टी२० सिरिज अन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ ।

खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पाँच खेलको सिरिज सुरुवाती दुई खेल सकिँदा १–१ को बराबरीमा छ ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन ।

पहिलो खेलमा नेपालका रोहित पौडेलले ११२ र दोस्रो खेलमा ७१ रन बनाएका थिए । रोहित बाहेक अन्य ब्याटर भने चल्न सकेका थिएनन् । आजको खेलको प्रदर्शनको आधारमा नेपालले केही खेलाडी टी२० विश्वकपमा छनोट गर्न सक्छ ।

विश्वकपमा पर्न सबै खेलाडीलाई यो अन्तिम अवसर हुनेछ ।
सुरुवाती दुई खेलमा बेन्चमा रहेका विकेटकिपर विनोद भण्डारी र आसिफ शेखले आज मौका पाउन सक्छन् । अनिल शाह र कुशल भुर्तेल दुबैलाई विश्राम दिने सम्भावना छ ।

नेपालले आज कमलसिंह ऐरी र आकाश चन्द दुबैलाई मौका दिएर हेर्नेछ । दोस्रो खेलमा २ छक्कासहित १७ रन जोडेका लोकेश बमले आजको खेलमा पनि मौका पाउन सक्छन् ।
दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ निकै महत्वपूर्ण हुनेछ ।

वेस्टइन्डिज ए का ब्याटरले स्पिन खेल्न संघर्ष गर्दै आएका छन् । नेपाल त्यो कमजोरीमा भरपूर्ण फाइदा उठाउन सक्छ । सुरुवाती दुई खेलमा चल्न नसकेका जोनसान चाल्र्सलाई ठूलो इनिङको दबाब हुनेछ ।

भ्रमणबाट दुई खेलाडीलाई विश्वकपमा समेट्ने वेस्टइन्डिजलो जनाएको छ । त्यसैले वेस्टइन्डिजका खेलाडीलाई पनि आजको खेल महत्वपूर्ण हुनेछ । चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी।, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्टइन्डिज ए टोली

रोस्टन चेश(कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected