२७ फाल्गुन २०८२, बुधबार
राजनीति

बझाङ-१मा एमाले उम्मेदवारलाई ६७७ मतको अग्रता

१६ वैशाख, बझाङ । बझाङ- १ को प्रदेशसभामा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ६७७ मतको अन्तर कायम राखेको छ ।

आइतबार राति साढे ९ बजे सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३ हजार ४९७ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२०, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।