२७ बैशाख २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषण बढ्यो

१४ बैशाख, काठमाडौं । मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषणका क्रियाकलापहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समय मनोरञ्जनका क्षेत्रमाबालिकाहरुको संख्या बढ्दो क्रममा रहेको पनि उनीहरुको भनाइ छ ।

मनोरञ्जनका नाममा शोषण बढेपछि मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने कामभइरहेको शुभअवसर ग्राम नेपालकी कार्यक्रमअधिकृत रञ्जनाशर्माले बताइन । मानवबेचबिखनको सबैभन्दा बढि जोखिम भएको जिल्लामा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताइन् ।

‘मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन सञ्चार माध्यमको भूमिका’विषयकअन्तरक्रिया कार्यक्रम मनाउनले संस्थाले काठमाडौं महानगर, भैरहवा र पोखरा महानगरसँग मिलेर तीनवटै जिल्लामा प्रत्येक तीन÷तीन महिनामा अनुगमन र मूल्यांकनको कार्य संयुक्त रुपमा गरिरहेका जानकारी दिइन् ।

उनले भनिन्, ‘जुन जिल्लाहरुमा मानव बेचबिखनको धेरै जोखिम हुन्छ । त्यस्तो जिल्लाहरुमा गएर जनचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छौं । अनुगमन र मूल्यांकन पनि गर्ने गरेका छौं । प्रत्येक तीनतीन महिनामाअनुगमनको कार्य गरिरहेका छांै । मनोरञ्जन क्षेत्रहरुमागएर प्रत्यक्ष रुपमाअनुगमन गर्ने समस्याहरु के के छन् भनेर बुझ्न र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर छलफल पनि गर्ने गरेका छौ ।’

उनले शुभअवसर ग्रामनेपालमहिलातथाबालबालिको अधिकार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यलेसंस्थाको स्थापनागरेको जानकारी दिइन ।
यस्तै, कार्यक्रममा सहभागीविकास ढुङ्गानाले मनोरञ्जनको आडमा शारीरिक, मानसिक र यौन शोषण पनिहुने गरेको भन्दै यसबारेमा बृहत छलफल आवश्यक रहेको बताए ।

उनले भने, ‘मनोरञ्जनको क्षेत्रमा पछिल्लो समय सानाबालिकाहरुको संख्या बढ्दो क्रममा रहेको छ । नाबालिकहरुको संख्या बढ्दै गएकोपरिवेश देखिरहेका छौं । काम गरेपनिउचितमूल्यांकननहुनु जस्ता समस्याहरु पनिभोग्नु परेको छ । यसको साथै शारीरिक, मानसिक र यौन शोषण पनिहुने गरेको देखिन्छ । यो अवस्थामा सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुन्छ । मनोरञ्जन क्षेत्रसँग जोडिएर आन्तरिक बेचबिखनको कुरा पनिबढ्दो क्रममा छ ।’

यस्तै, वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचबिखन रमनोरञ्जन क्षेत्रको अन्तर सम्बन्धले यो समस्यालाई बढावा दिएको भन्दैसमस्यालाई छलफल गरेर साझाबुझाई बनाउनुपर्ने बताए।

सुरक्षित रुपमाश्रम गर्ने अधिकार संविधानले दिएको भन्दै कार्यक्रममा सहभागी सरोकारवालाहरुले महिला, बालबालिका र शोषण विरुद्धको अधिकारलाई मौलिकअधिकारकै रुपमाव्यवस्थितगर्दै सम्मानपूर्वक बाच्नपाउने अधिकारलाई सुनिश्चित गरेको जानकारी गराए । डान्सबार, मसाजपार्लरहरुले धेरैलाई रोजगारी दिएपनिउनीहरुको व्यवस्थापनचुनौतिपूर्ण रहेको औंल्याए ।

 

प्रतिक्रिया दिनुहोस्