२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

१३ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १५ वैशाखको उपचुनावमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएका छन् ।

‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको वैशाख १० गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा लेखिएको छ,–‘मन्त्रिपरिषदको मिति २०८०/०१/१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति मिति २०८०/०१/१० को पत्रका आधारमा सम्बत २०८० साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।