२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

८०औं जन्मदिनमा नागरिकता उपहार

१३ वैशाख, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र पाएकी छन् । २००० वैशाख १२ गते जन्मिएकी उनले संयोगवश आफ्नो जन्मदिनकै दिन नागरिकता पाएकी हुन् ।

कामीलाई मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ३५ वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो ।

विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २/३ दिन हिँड्नुपर्ने भएपछि जान आउन समस्या हुँदा र नागरिकताको आवश्यकता नलिएर त्यसै बसेको उनले बताइन् ।

श्रीमान हुँदासम्म नागरिकता नबनाएको तर पछि उनको मृत्युपछि बनाउन खोज्दा नपाएको कामीले बताइन् । ‘जब श्रीमानको मृत्यु भयो घरमा कमाउने मान्छे भएन दुई छोरा पाल्न धौधौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान नहुँदा नागरिकता बनेन,’ उनले भनिन् ।

श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य विश्वासलाग्दो प्रमाण जुटेपछि उहाँको नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । ८० वर्षमा पनि नागरिकता नबन्दा सिंगो परिवार नै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व