२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

विमानस्थलमा कतारी राजाको विशेष सम्मान

११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइएको छ ।

आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।

त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ ।

आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।

मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि