२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

तराई मधेशमा ४ दिन तातो हावा चल्नसक्ने चेतावनी

१० वैशाख, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने बताएको छ ।

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ ।

विभागको तथ्यांकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ । यस्तै जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ ।

महाशाखाका अनुसार धनुषादेखि कञ्चनपुरसम्म (चितवन र नवलपुरबाहेक) का क्षेत्रमा १४ वैशाखसम्म अध्यधिक गर्मी हुने सम्भावना छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यस क्षेत्रकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तातो हावा वा तातो लहर चलेमा थकाइ लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बान्ता हुने जस्ता समस्या हुनसक्छ । यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न, घाममा धेरै नजान, हल्का लुगा लगाउन, पानी वा झोल पदार्थ प्रशस्त मात्रामा पिउन विभागले सल्लाह दिएको छ ।

पहाडी भूभागका उपत्यका र खोँचहरुमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने पूर्वमानुमान समेत मौसम पूर्वानुमान महाशाखाको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि