२७ बैशाख २०८१, बिहीबार
प्रदेस समाचार मधेश राजनीति

मधेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, माओवादीका २ र एकीकृत समाजवादीका १ जना मन्त्री बन्दै

६ वैशाख, जनकपुरधाम । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ ।

 

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ जना र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो ।

 

११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १/१ मन्त्रालय छन् ।

 

माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ मन्त्री नियुक्त हुन लागेको स्रोतले जनाएको छ ।

 

मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालय बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्