२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव भेटियो

६ वैशाख, काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल्चोकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति २३ वर्षीय युवतीको शव जिलरहको अवस्थामा धनुषा प्रहरीले बरामद ‍गरेको हो ।

धनषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिइएको हो ।

शव महोत्तरीको मनरासिसा नगरपालिका-२ की २३ वर्षीया मप्रियंका महतोको रहेको डिएसपी अवालेले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, पोस्टमार्टम रिपोर्ट र अनुसान्धान पश्चात् मात्र केही भन्न सक्ने डिएसपी अवालेले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि