६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

आइपीएल : रनको वर्षा भएको खेलमा हैदराबाद २५ रनले विजयी

४ वैशाख, काठमाडौं । रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ ।

यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो ।

बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ८३ रन बनाए । फाप डु प्लेसिसले ६२, विराट कोहलीले ४२, अनुज रावतले २५ र महिपाल लोमरोरले १९ रन बनाए ।

हैदराबादका प्याट कमिन्सले तीन, म्यांक मार्कान्डेले २ र टि-नटराजनले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको हैदराबादले २८७ रनको विशाल योगफल बनाएको थियो । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै हैदराबादले आईपीएल इतिहासकै कीर्तिमानी लक्ष्य दिएको थियो ।

चिन्नास्वामी स्टेडियम बेंग्लोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो ।

हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । त्यसपछि हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको विष्फोटक पारी खेलेका थिए । ओपनर अभिषेक शर्मा २२ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

तल्लोक्रममा एडेन माक्ररमले १७ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए । अब्दुल सामदले १० बलमा ४ चौका र ३ छक्कासहित ३७ रन बनाए ।

बेंग्लोरका लोकी फर्गुसनले २ र रिस टोप्लीले १ विकेट लिए ।

यो जितसँगै हैदराबाद चौथो स्थानमा उक्लिएको छ भने बेंग्लोर अन्तिम १० स्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected