२७ बैशाख २०८१, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार

मधेशका मुख्यमन्त्री यादवले आज चाैथाे पटक विश्वासको मत लिँदै

४ वैशाख, जनपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चाैथाे पटक विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

प्रतिक्रिया दिनुहोस्