१ चैत्र २०८२, आईतवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार

मधेशका मुख्यमन्त्री यादवले आज चाैथाे पटक विश्वासको मत लिँदै

४ वैशाख, जनपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चाैथाे पटक विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’